HEPA एयर प्युरीफायरहरु

केन्ट​ HEPA एयर प्युरीफायरहरुले HEPA धुलो संग्रह प्रविधि अपनाउछन् जसले प्रभावकारी रूपले पार्टिकुलेट कण (PM 2.5)​, धुलो, पाल्तु जनावरका कपाल, फर्मलडिहाइड​, सिग्रेटको धुँवा आदि जस्ता ९९.९% प्रदूषकहरु हटाउछ। HEPA फिल्टरहरुको उच्च शुद्धिकरण क्षमताले कोठालाई तुरुन्तै सफा बनाउछ​।

हाम्रा अधिक बिक्री हुने HEPA एयर प्युरीफायरहरु

ओजोन एयर प्युरीफायरहरु

केन्ट ओजोन एयर प्युरीफायरहरुले ओजोन निस्संक्रमण प्रविधिबाट भित्रि वायुलाई सफा राख्न मद्दत गर्छन्। यी एयर प्युरीफायरहरुले ओजोन उत्पादन गर्छन्, जुन एउटा शक्तिशाली अक्सिडाइजिङ्ग एजेन्ट हो र भित्री हावामा हुने ब्याक्टेरिया, भाइरसका साथै अरु हानीकारक जीवाणुलाई मार्ने असाधारण शक्ति बोकेको हुन्छ​।

हाम्रा अधिक बिक्री हुने ओजोन एयर प्युरीफायरहरु

केन्टका एयर प्युरीफायरहरु किन किन्ने

केन्टको एयर प्युरीफायर उत्पादन रेन्जले भित्रि हावालाई प्रदुषक रहित बनाउन अद्वित्तिय एयर प्युरीफिकेसन र ओजोन निस्संक्रमण प्रविधिहरुको प्रयोग गर्छ। तपाईको सहजको लागि हामीले रुम एयर प्युरीफायरलाई विशेष मोडलहरुमा डिजाइन गरेका छौ जुन भित्तामा झुण्ड्याउन मिल्छ अथवा टेबलमाथि पनि राख्न मिल्छ​।

जापानी एयर प्युरीफिकेसन प्रविधिका साथ हामीले तपाईको घर, कार्यलय तथा गाडीलाई एक स्वस्थ्य ठाँउ बनाउनका लागि भारतको सबै भन्दा राम्रो एयर प्युरीफायरहरु प्रदान गदर्छौ। हाम्रो एयर क्लिनरको रेन्जले धुलो, ब्याक्टेरिया र अरु प्रदूषकहरु ९९.९% प्रभावकारीताका साथ हटाएर भित्रि हावालाई सफा गर्छ​। तपाईले भारत अथवा अरु कतै रहेको तपाईको घरका लागि सबै भन्दा रामा एयर प्युरीफायरहरु केन्टको वेबसाइटबाट अन्लाइन किन्न सक्नुहुन्छ, हामी १९९९ देखिको एक विश्वसनीय ब्राँड हौँ।

  • भारतका नयाँ दिल्ली, बेङ्ग्लरु, मुम्बई, गुड्गाउँ आदि जस्ता अति प्रदुषित सहरहरुका लागि प्रभावकारी
  • धेरै दक्षता र थोरै मर्मत लाग्ने होम एयर क्लिनरहरु CE प्रमाणीकरणका साथ​
  • कुहिरो, आँधी हुरी, निर्माण साइट, चाडहरू, जाडो महिना आदिमा पनि हावा शुद्धिकरण गर्छ​
  • एयर क्लिनर हरुको "कसरी" को बारेमा बुझ्न हाम्रो एयर प्युरीफायर खरिद गाइड (Air Purifier Buying Guide) पढ्नुहोस्

केन्ट एयर प्युरीफायरहरुले हटाउने प्रदुषकहरु

PM 2.5

पार्टिकुलेट कण (PM) 2.5 हरु हावामा निलम्बित साना साना कणहरु हुन् जसको व्यास २.५ माइक्रोमिटर वा सो भन्दा पनि कम हुन्छ​। यी कणहरु मानव आँखाहरुका लागि अदृश्य हुन्छन् र सिधै मानव फोक्सोमा छिर्न सक्छन् जसले गर्दा आँखा र घाँटीमा जलन, खोकी र साँसको कमी, फोक्सोको कार्यमा कमी, अनियमित मुटुको धड्कन्, दम र हृदयघात सम्म पनि हुन सक्छ​।

घरका लागि केन्ट एयर प्युरीफायरहरुले हाई एफिसिएन्सि पार्टिकुलेट अरेस्टर (HEPA) फिल्टर एयर प्युरीफिकेसन चरणबाट PM २.५ हटाएर साँस फेर्न स्वच्छ हावा दिन्छन्​। यस फिल्टरले ९९.९% दक्षताका साथ पार्टिकुलेट कण वा ०.३ माइक्रोन सम्म्का साना कणहरुलाई समातेर राख्छ​।

धुलो

धुलो एउटा साधारण वायो प्रदुषक हो जुन निर्माण साइट, बगैँचामा काम गर्दा, औद्योगिक कार्यहरु, प्राकृतिक ढुङ्गा, बालुवा, माटो क्षरण आदि बाट उत्पन्न हुन्छ​। हावामा धुलो हुनु आँखा र घाँटीमा जलन, खोकी र साँसको कमी, फोक्सोको कार्यमा कमी, अनियमित मुटुको धड्कन्, दम र अरु थुप्रै रोगहरुको मुख्य कारण हो।

केन्टले विभिन्न चरणमा धुलोका कणहरुलाई हटाउन भारतका लागि एयर प्युरीफायरहरु डिजाइन गरेको छ ​, धुलोका कणहरु प्रि फिल्टर चरणमा समातिन्छन् र सूक्ष्म धुलोका कणहरु HEPA फिल्टर चरणमा समातिन्छन् जसले स्वच्छ र शुद्ध हावा दिन्छ​।

पाल्तु जनावरका कपाल​

पाल्तु जनावरका कपाल, रौँ, ड्यान्डर, कुकुरहरुले फाल्ने छालाका साना टूक्राहरु, पसिना र र्यालबाट एलर्जिले बन्ने प्रोटिन आदि पाल्तु जनावर भ​एका घरमा हुने साधारण प्रदुषकहरु हुन्। यिनीहरुले कमजोर सदस्यहरुलाई एलर्जीक प्रतिक्रिया दिन्छन् र साथै दम, रुघा र खोकी, चक्कर, कम्जोरी, आँखामा पानी, साँसको कमी, पाचन समस्या आदि जस्ता चिकित्सकीय जटिलताहरू ल्याउछन्।

सबैलाई स्वस्थ्य जीवन दिनका लागि केन्टले पाल्तु जनावरका प्रदुषकहरु हटाएर स्वच्छ हावा दिने एयर क्लिनरहरु बनाएको छ​। विभिन्न चरणको शुद्धिकरणमा, प्रि फिल्टरले पाल्तु जनावरका रौँ र अरु वाह्य प्रदुषकहरु समात्छ भने एन्टी ब्याक्टेरियल कोटिङ्ग्ले हावाबाट सम्पूर्ण ब्याक्टेरिया र भाइरसलाई हटाउछ​।

चुरोटको धुँवा

चुरोटको धुँवामा दुई प्रकारका वायु प्रदुषकहरु हुन्छन्, नाङ्गो आँखाले देखिने २५ कणहरु- धुँवा र कार्बन मोनोक्साइड र बेनजिन जस्ता अदृश्य ग्याँसहरु। चुरोटको धुँवाले सक्रिय वा निष्क्रिय रुप दुवैले सिधै मानव फोक्सोमा असर पार्छ जस्ले खोकी, साँसको कमी, अनियमित मुटुको धड्कन्, दम, क्यान्सर र थुप्रै अरु रोगहरु निम्त्याउछ।

केन्टले घरका लागि भारतकै सबै भन्दा राम्रा एयर प्युरीफायरहरु डिजाइन गरेको छ जस्ले अदृश्य ग्याँसहरु (चुरोटको गंध) लाई कार्बन फिल्टर चरणमा हटाउछ र HEPA फिल्टर चरणमा दृश्य धुँवा (PM २.५) लाई हटाएर चुरोटको धुँवालाई शुद्धिकरण गर्छ जसले तपाई र तपाईको परिवारलाई स्वच्छ साँस फेर्न सहयोग गर्छ​।

खानाको वाफ र धुँवा

खानाको वाफले नाइट्रोजन डाइअक्साइड बनाउछ जस्को असर कुनै पनि फोहोर पदार्थ जलाए जस्तै हुन्छ​। राम्रो वायुसंचार प्रणाली नभ​एको घरमा खानाको वाफले मुख्य रुपमा स्वास्थ्यलाई असर गरेर रुघा, खोकी,अनियमित मुटुको धड्कन्, दम र थुप्रै अरु रोगहरु निम्त्याउछ।

केन्टले एयर प्युरीफायर मसिनहरु ल्याएको छ जस्ले हरेक दिन खाना पकाउदा भान्सामा बन्ने हानीकारक ग्याँसहरु अवशोषित गर्छ। यी ग्याँसहरु एयर प्युरीफिकेसन प्रक्रियाको एक्टिभेटेड कार्बन फिल्टर चरणमा शुद्धिकरण हुन्छन्।

पेन्टहरुको वाफ​

घरमा नँया फर्नीचरहरु ल्याउँदा र व्हाइटवाश गर्दा पेन्टको वाफको प्रदुषण महसुस गर्न सकिन्छ​। पेन्टमा हावामा ग्याँसहरु छोड्ने रसायनहरु हुन्छ, जसले नराम्रो गन्ध दिन्छ​। पेन्टको वाफले बच्चा, बुढाँ र साँस सम्बन्धि समस्या भ​एका मानिसहरुलाई एलर्जि, दम, टाँउको दुख्ने, छालामा जलन आदि जस्ता समस्याहरु ल्याउन सक्छ​।

केन्टले कम मर्मत लाग्ने एयर प्युरीफायरहरु डिजाइन गरेको छ जसले एयर प्युरीफिकेसनको दोस्रो चरणमा हानिकरक पेन्टको वाफहरु हटाउछ, एक्टिभेटेड कार्बन/ केटेलाइटिक कार्बन एब्सर्बेन्ट फिल्टरले हावाबाट पेन्टको वाफहरु अवशोषित गर्छ र स्वच्छ हावा फिर्ता दिन्छ​।

ब्याक्टेरिया र भाइरसहरु

ब्याक्टेरिया र भाइरसहरु कसैले खोक्दा वा हाछ्यु गर्दा हावामा हिँड्ने अदृश्य जीवणु हुन्। यिनीहरुले अनगिन्ति सामान्य रोगहरु जस्तै रुघा, खोकी, इन्फ्लुएनजा र अन्य गम्भीर रोगहरु पनि निम्त्याउछ​।

केन्टले हावालाई निस्संक्रमण गर्ने एयर प्युरीफाइङ्ग मसिनहरुको डिजाइन गरेको छ​। यि एयर प्युरीफायरहरुमा हुने एन्टी ब्याक्टेरियल कोटिङ्गले हावाबाट ब्याक्टेरिया र भाइरसहरुलाई हटाएर सुरक्षित​ हावा फिर्ता फाल्छ​।

दुर्गन्ध

आपत्तिजनक गन्ध र दुर्गन्धहरु विभिन्न रसायनिक प्रतिक्रिया, औद्योगिक र कृषि कार्यहरु र सड्ने प्रक्रियाबाट उत्पन्न हुन्छन्। दुर्गन्धले नाकमा जलन​, टाँउको दुख्ने, रुघा खोकी र असहजको सिर्जना गराउछ​।

केन्टको घरको एयर क्लिनिङ्ग मसिनहरुसङ्ग हावाबाट दुर्गन्ध हटाउन शक्तिशाली संयन्त्र हुन्छ​। जब हावा एक्टिभेटेड कार्बन फिल्टरबाट जान्छ​, त्यसले दुर्गन्धलाई समात्छ र मात्र सफा हावा वातावरणमा फिर्ता जान्छ​।